भोलिदेखि मतदान केन्द्रमा सामग्री पठाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भोलिदेखि मतदान केन्द्रमा सामग्री पठाइने

    खबरपुञ्ज संवाददाता

    २४ बैशाख २०७९, आईतवार

    दमाैली । स्थानीय तह निर्वाचनका लागि सोमबारदेखि मतदान केन्द्रमा सामग्री पठाउने तयारी गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँले सोमबारदेखि मतदान सामग्री दिएर कर्मचारी परिचालन गर्न लागेको हो ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार नै मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीको केन्द्र सहितको विवरण सार्वजनिक गरिसकेको छ ।

    छ वटा स्थानीय तहलाई सोमबार र चार वटा स्थानीय तहलाई मंगलबार सामग्री बुझाइने निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार घिरिङ, ऋषिङ, देवघाट, बन्दीपुर, आँबुखैरेनी र भिमादलाई सोमबार र व्यास, भानु, शुक्लागण्डकी र म्याग्देलाई मंगलबार सामग्री प्रदान गरिनेछ ।

    मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगीको नियुक्ति मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध गराइने र सहायक कर्मचारीहरुले नियुक्तिपत्र खटिएको स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध हुने कार्यालयले जनाएको छ ।