दुलेगाैडा । नेपाली काङ्ग्रेसले बसको छतभरी बालबालिका राखेर शुक्लागण्डकी नगरपालिकामा चुनाव प्रचारप्रसार गरेको पाइएको छ । शुक्लागण्डकी नगरपालिका–१ मा आइतबार बसको छतभरी बालबालिका राखेर चुनाव प्रचारप्रसार गरेको पाइएको हो ।
निर्वाचनमा १८ वर्षभन्दा कम उमेरका बालबालिका प्रयोग गर्न बन्देज गरिएपनि काङ्ग्रेसले आचारसंहिताको उल्लङ्घन गर्दै बालबालिकाको प्रयोग गरेको छ ।
यसैपनि छतमा बसेर गरिने यात्रा जोखिम हुने भएपनि त्यसतर्फ ध्यान दिएको देखिएको छैन ।