कसरी हुन्छ मत बदर ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कसरी हुन्छ मत बदर ?

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०७९, बुधबार

    काठमाडौं । वैशाख ३० गते देशभर स्थानीत तह निर्वाचन हुँदैछ । सहि तरिकाले मतदान नगरे मत बदर हुन्छ । यसकारण मतदान गर्दा केही कुरामा ध्यानदिन जरुरी छ ।

    निर्वाचन आयोगका अनुसार सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्र बदर हुन्छ । यस्तै, औंठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्न बाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएको मतपत्र बदर हुन्छ ।

    मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको छ भने पनि त्यस्तो मत बदर हुनेगर्छ । उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरे र उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत संकेत गरे पनि मत बदर हुने आयोगले जनाएको छ ।

    कुनैपनि उम्मेदवारको निर्वाचन चिह्नमा मत संकेत नगरेमा मत बदर हुनेछ । निर्वाचित गर्नुपर्ने संख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत संकेत गरेमा पनि मत बदर हुनेछ ।

    आयोगका अनुसार मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिएमा, आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरेमा, मतपेटिका भन्दा बाहिर राखिएमा र जाली मतपत्रको प्रयोग गरेमा मत बदर हुनेछ ।