त्यही स्वप्नदर्शी शयनले पनि पल पल झस्काईदियो । लाग्दथ्यो, यो त केही समयको पल मात्र होला । तर त्यो मेरो सोचमा धुमिल वनिदियो । सत्यतासँग एकाकार गर्नुपर्ने वाध्यता वनाईदियो । याद त केवल श्वासमा मात्र मिठो हुने रहेछ । आज नभए भोली त होला नै, तर त्यो सत्यतामा नजिर वनिदियो । कल्पनाको सागर निश्चित समयका लागी मात्र मिठास हुदाँे रहेछ । यथार्थमा त त्यो सवैभन्दा वोझ वन्दोरहेछ । यादको समागममा सधै पौडिईरहुँ जस्तो । तर त्यो पल क्षणिकता वन्दो रहेछ । अन्तिम सासले कति खोज्यो होला ? गहभरी आशुँ वगिरहँदा हरेक पाईलामा सोधिने प्रश्नले वाँच्न गाह्रो हुँदो रहेछ । सायद यहि नै जीवन होला ।
विश्वासको सम्वन्ध पनि जीवनको अभिन्न अंग रहेछ । जुन ह्दयमा प्रतिविम्वित हुन्छ । यहि यथार्थलाई छोप्ने प्रयत्नमा लीन भएता पनि ह्दयको त्यो कुनामा रहिरहने रहेछ । नचाहँदा नचाहदै छोडेर जानुपर्ने अवश्थाको वाध्यात्मक अवस्थामा विवश हुनुको विकल्प के नै होला र ? जीवनको सहारा पनि श्वासको अधिपत्य रहँदा सम्म मात्र कायम हुँदो रहेछ, क्यारे ? धर्ति उहि, वायुमण्डलको वायु पनि समान लाग्ने परिवेश, तर आज एक्लो । कसैको साथ पनि मिथ्या रहेछ । जुन अनुकुलतामा मिठास हुने । प्रयोगको निरन्तरतामा साथ मात्र तर साध्यको अन्तरकुन्तर पनि नहुने ।
जीवनको उत्तरार्द तिर सोधिने प्रश्न वनिदियो । अन्तिम सास फेरिरहँदा र जीवनमा सवैभन्दा माया गरिरहने प्राणभन्दा प्यारो वस्तुलाई त्यो नयनले कति खोज्यो होला ? सहजतमा जीवनको अर्थ थाहा नहुने रहेछ । प्राप्तिमा आवश्यकताको महशुश नहुने रहेछ । पीडाको कुनै सीमा नहुने रहेछ । त्यही सीमाहीन पीडाले जीवनभर कहि न कतै अल्झाएको हुने रहेछ । याद र कल्पना पनि फरक रहेछ, क्यारे । विश्वासको सम्वन्ध पनि अजर हुने रहेछ, त्यो कहि न कहि, कतै न कतै । आत्मासन्तुष्ठि र आत्मासम्मानको विचमा विश्वासको नजिर केही धुमिल भएता पनि अन्तत्वगोत्व यो अजर हुने रहेछ । मात्र पात्र फरक । सोचको विविधतामा विभिन्न आरोह अवरोह आएता पनि यो निरन्तरको चक्र रहेछ ।
पहिलो नयनको दृष्टि पनि त्यही, कल्पना पनि कति निष्ठुरी, सधै झस्काईरहने । यतै कतै, यहि कतै, छाँयामा, कुनामा, अगाडी पछाडी । सोच्दैछु, यो अविरल आत्माको पुकार त्यो जननीले देखेको छ कि छैन होला ? आत्मा रोएको यो पलले त्यो आत्मालाई कति पोल्यो होला ? निराकार, एकाकार त्यो आत्माको पुकार, अन्तत धर्तिमा मिलन भएर नै ह्दयंगम गर्ने होला । सोचको विविधता अपार भएता पनि अन्ततगोत्व एउटै रहेछ । जसको महशुश कमैलाई हुन्छ । हिजो देखिने त्यो पल आज समान देखिएता पनि नयनले खोज्ने अपनत्व भने आत्मादेखि नै टाढा भईसकेछ । याद पनि कस्ता कस्ता, जसले वाँच्न गाह्रो वनाईदियो ।
पालुवाको गति पनि आफनै हर्लक्कै हुर्किसकेको । तर त्यो पालुवा गोडमेल गर्ने हातहरु भने धर्तिमा विलिन भईसके । त्यहि पालुवामा पनि यादको पहाडहरु, धर्तिका उर्वरतामा पनि खोजिने पलहरु साँच्चै असमान्य हुँदो रहेछ । अनुकुलन त वाँच्ने माध्याम रहेछ । सहजता खोज्ने अन्तरमनहरु वाँच्नका लागी अभिप्रेरित हुने सुत्र रहेछ । दृष्टिकोणको असमानता भनेको चेतनाको प्रभाव रहेछ । ढयाप्प लागेको ढोका भित्र निसासिए जस्तो । अनाकण्टर भेलले वगाए जस्तो । उकुसमुकुले गुम्सिए जस्तो । लाग्दछ, यो नै जीवनको पयार्य रहेछ । यथार्थ रहेछ । वायुका कम्पन पनि कहिले निसासिने त कहिले उमालिने । सायद धर्तिको गुण नै यहि रहेछ क्यारे । जसले वाँच्न र मर्न सिकाउँछ । त्यसका लागी वातावरण वनाउँछ । अनुपमताको विशिष्टता भनेको यहि रहेछ । जुन नियमन वनेर आउँदो रहेछ ।
वृक्षको पात पनि कुनै ठडिएका, कुनै लर्किएका, कुनै पलुवा । पात मात्र होइन, मेरुदण्ड पनि कोही कमलो, कोही धमिलो त कोही धुमिल । यहि वृक्ष नै जीवन रहेछ क्यारे, जसलाई हेरेर जीवन खोज्न र वुझन प्रेरित गँराउने । अकाट्य सत्य खोज्न, वनवास जान पर्देन, क्यारे । सुकेका पातहरु झर्नका लागी तम्तार, लाग्दछ, कुनै पनि वेला सामान्य पराकम्पले झर्देछ । अस्तित्व रक्षाका लागी गरिएका त्यो पातहरुको संघर्ष पनि कमजोर छैनन होला, वुझन त्यही वृक्षले मात्र वुझेका होला । सायद सुक्नु उसको रहर होईन, वाध्यता हो, त्यही वाध्यताका कडिले अन्तत्वगत्व रुवाईदियो । रुनु र हाँस्नु त जीवनको सार रहेछ । फरक यति हो, हास्नु स्वाभाविक देखिएता पनि रुवाई अन्तरमनको पनि हुँदो रहेछ, आँशुका धारा त त्यसको सानो अंश मात्र । संघर्ष त आखिर वृक्षको पनि त रहेछ, अस्तित्व रक्षाका लागी हरेक सँग संघर्ष, तर त्यो वृक्षको संघर्ष भित्र स्वार्थको ज्वारभाटा होला कि नहोला ? सुकेको पात झर्दा त्यसको आत्मा रोला कि नरोला ? अपनत्व र साथका लागी नयन डुलाउँला नि नडुलाउँला । हिजोको फर्किएको पातहरु विस्तारै नसिक वन्दै छन् । सगै रहेका पलुवाहरुले त्यसलाई हेला गर्ला नगर्ला ?