मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन सुरु

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०७९, शुक्रबार

    दमाैली । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा शुक्रबार भएको मतगणना सकिएपछि मतपेटिका ल्याउने क्रम सुरु भएको छ । जिल्लाका दशवटै पालिकाका दुई सय ९७ मतदान केन्द्रमा मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउन सुरु भएको हो ।

    जिल्लाका दशवटै पालिकामा मतदान सकिएको र खसेको मतको विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

    व्यास नगरपालिकाका १४ वटै वडाका मतदान केन्द्रबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए ।

    देवघाट गाउँपालिकाका ग्रामीण भेगका वडाका मतदान केन्द्रबाट पनि मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आउने क्रम जारी रहेको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिए । थापाका अनुसार देवघाटमा १२ हजार आठ सय १५ मध्ये करिब आठ हजार मत खसेको छ ।

    म्याग्दे गाउँपालिकामा १८ हजार एक सय पाँच मतदातामध्ये ११ हजार नौ सय ४३ मत खसेको छ । घिरिङ गाउँपालिकामा १४ हजार छ सय ७६ मतदातामध्ये आठ हजार सात सय १६ मत खसेको निर्वाचन अधिकृत किर्तनराज पौडेलले जानकारी दिए । सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा आएपछि सर्वदलीय बैठक राखेर मतगणना सुरु गरिने पौडेलले बताए ।

    आँबुखैरेनी गाउँपालिकामा १३ हजार छ सय ३१ मतदातामध्ये नौ हजार दुई सय ७९ मत खसेको निर्वाचन अधिकृत चिरञ्जीवि पौडेलले जानकारी दिए । त्यस्तै बन्दीपुर गाउँपालिकामा १५ हजार छ सय ३८ मतदातामध्ये १० हजार एक सय ९५ मत खसेको छ ।