देवघाट । तनहुँको देवघाट गाउँपालिकामा एमालेले अग्रता लिएको छ । दुई सय मत गणना हुँदा एमालेका अध्यक्ष उम्मेदवारले एक सय र उपाध्यक्ष उम्मेदवारले ९६ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवारले ८७ र उपाध्यक्ष उम्मेदवारले ६ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवारले ८४ मत प्राप्त गरेका छन् ।
वडा नम्बर १ बाट मतगणना सुरु भएको छ । वडा नम्बर १ को अध्यक्षमा एमाले उम्मेदवारको ९९, कांग्रेस उम्मेदवारको ९५ मत आाएको छ ।