दुलेगौँडा : शुक्लागण्डकी नगरपालिका– ९ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । मंगलबार सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार एमालेका वडाध्यक्षका उम्मेदवार धनबहादुर थापाले निकटमत प्रतिष्पर्धी काँग्रेस उम्मेदवारलाई पराजित गर्दै निर्वाचित हुन सफल भएका हुन् ।
थापाको पक्षमा ७४० मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका मुक्ति सापकोटाले ६४८ मत प्राप्त गरे । यसैगरि एमालेबाटै महिला वडा सदस्यमा बुद्धिमाया गुरुङले ७४५, दलित महिला सदस्य सुनिता विकले ७५७, खुल्ला सदस्यमा कमल थापा र दिपक महतले क्रमश ः ७४९ र ६६७ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । यो वडामा यस अघि पनि नेकपा एमालेले प्यानल सहित विजयी हासिल गरेको थियो ।