दुलेगाैडा । शुक्लागण्डकी नगरपालिका-६ का जनप्रतिनिधिले कार्यभार सम्हालेका छन् । उक्त वडाका अध्यक्ष एवं सदस्यहरुले साेमबारदेखि कार्यभार सम्हालेका हुन् ।
निवर्तमान वडा अध्यक्ष कृष्ण बहादुर पौडेलले नवनिर्वाचित जनप्रतिनिधिलाई पदस्थापन गराउँदै नमूना वडा बनाउनेतर्फ ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा नेकपा एमाले नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सिनाले जनमतलाई सम्मान गरि साझा बन्न आग्रह गरे ।
कार्यक्रममा नवनिर्वाचित वडा अध्यक्ष बुद्धि बहादुर थापाले सुन्दर सहर हाम्रो रहर भन्ने भावनाका साथ समृद्ध वडा बनाउनेतर्फ ध्यान दिने बताए ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका निवर्तमान प्रवक्ता तथा नेकपा एमाले तनहुँ कमिटी उपसचिव खिम बहादुर कुमालले समग्र वडाका जनताको पक्षमा कार्य गर्न सुझाव दिए ।