शुक्लागण्डकी-१० का जनप्रतिनिधिको पदभार ग्रहण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकी-१० का जनप्रतिनिधिको पदभार ग्रहण

    खबरपुञ्ज संवाददाता

    ८ जेष्ठ २०७९, सोमबार

    दुलेगाैडा । शुक्लागण्डकी नगरपालिका–१० मा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन्  ।  सोमबार एक कार्यक्रमको आयोजना गर्दै नवनिर्वाचित जनप्रतिनिधिको पदभार ग्रहण गराईएको हो ।

    निर्वतामान वडाध्यक्ष रामचन्द्र भण्डारीले वडाध्यक्ष राजेन्द्रभट्टराई क्षेत्रीलाई पदभार ग्रहण गराए । वडा सदस्यहरुले नवनिर्वाचित वडा सदस्यलाई पदभार ग्रहण गराए ।

    सो अवसरमा बोल्दै वडाध्यक्ष भट्टराई क्षेत्रीले चुनावी दौरानमा गरेको घोषणालाई पूरा गर्ने बताए । ‘हामी हुन्छ बिकासको काम गर्छौ । सबै पार्टीका घोषणा पत्रलाई पूरा गर्ने दायित्व अब हाम्रो हो ।  मन वचन र कर्मले काम गर्न प्रयास हुनेछौँ’, उनले भने । उनले काम गर्ने बेला कमीकमजोरी भएमा सुझाव दिन वडाबासीलाई आग्रह गरे ।

    निवर्तमान वडाध्यक्ष रामचन्द्र भण्डारीले पाँच बर्षमा विकासको खाको कोरेको बताए । वडालाई सम्बृद्ध बनाउनलाई सिमिति स्रोत साधनको बाबजुत पनि काम गरेको उनको भनाई छ ।

    नेकपा एमाले वडा कमिटी अध्यक्ष मदन थापाले पाँच बर्षमा विकासको खाका कोरिएको र बाँकी रहेका योजनालाई प्राथमिकताका साथ पुर्णता दिन नया जनप्रतिनिधि लाग्नुपर्ने बताए । ‘जनताले खोजेको आधारभुत आवश्यकता के छ पहिचान गरेर समाधान गर्नुहोला’, उनले भने । सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै यथोचित प्रयोग गर्नुपर्नेमा उनको जोड छ ।

    नेपाली कांग्रेस वडा कार्य समितिका सभापति खड्कविक्रम खाण ठकुरीले दोस्रो कार्यकाल भएकाले चुनैतिपुर्ण रहेको बताए । विगतमा जस्तो सेवा प्रवाहमा ढिलासुस्ती नगर्न उनको आग्रह छ । ‘पार्दर्शिता र भ्रस्टाचारमुक्त वडा बनाउनुहोस ।  टुक्रे योजनामा जोड नदिनुहोला’, उनले भने ।

     नेकपा माओवादी केन्द्रका नरबहादुर खत्रीले अघिल्लो पाँच बर्षमा भएका राम्रा कामको निरन्तरता हुनुपर्ने बताए । भ्रष्टाचारमुक्त वडा बनाउन उनको सुझाव छ । वडाको २८ वटै टोलमा हिउँद बर्खा सहजै मोटर चल्ने सडकको व्यवस्थापन मिलाउन आग्रह गरे ।

    नेकपा एकीकृत समाजवादी पार्टिको भातृ संगठन  युवा संघ नेपाल तनहुँका अध्यक्ष जीवन भट्टराईले चुनौतिलाई अवसरको रुपमा लिएर काम गर्नुपर्ने बताए । गएको पाँच बर्षमा विकासको गोरेटो खनिएकाले अब देखिने गरेर काम गर्नुपर्ने उनले बताए ।

    राप्रपा वडा कमिटी अध्यक्ष सिद्धबहादुर खाण ठकुरीले जनताको हितमा काम गर्नुपर्ने बताए ।
    साखे टोल विकास संस्थाका श्रीराम पौडेलले स्वच्छ र पारदर्शी तरिकाले काम गर्न अनुरोध गरे । विकासमा समान दृष्टिले काम गर्ने अपेक्षा गरेको बताए ।  जनसेवामा नमुना काम गर्नलाई उनको सुझाव  छ । नवनिर्वाचित जनप्रतिनिधिलाई वडाबासिले स्वागत सम्मान समेत गरेका छन्  ।