दमौली । डिभिजन वन कार्यालय तनहुँ गण्डकी प्रदेशमै सर्वोत्कृष्ट घोषित हुँदै पुरस्कृत भएको छ । गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय तनहुँलाई प्रदेशकै सर्वोत्कृष्ट घोषित गरेको हो ।
गणतन्त्र दिवसको अवसरमा प्रदेश कार्यालयले आज आयोजित कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँलाई पुरस्कृत गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रमुख सचिव रविलाल पन्थले कार्यालय प्रमुख कोमलराज काफ्लेलाई नगद रु ३० हजार सहित प्रमाणपत्रले पुरस्कृत गरे ।
नमूना कार्यालय छनौट कार्यविधि, २०७८ बमोजिम गण्डकी प्रदेश सरकार मातहतका सम्पूर्ण कार्यालयमध्ये डिभिजन वन सर्वोत्कृष्ट भएको हो ।