मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको क्यू आर कोड सेवा सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको क्यू आर कोड सेवा सुरु

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०७९, मंगलवार

    मुस्ताङ । प्रभु बैंकले मुस्ताङको मुक्तिनाथ मन्दिरमा संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यू आर कोड सेवा सुरु गरेको छ ।

    मन्दिरमा एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक पोखराका प्रमुख डा. रामशरण खरेलले क्यूआर कोड हस्तान्तर गरेका हुन् । यो सुविधासँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् ।