दमाैली । स्वास्थ्य कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिकास्थित स्वास्थ्यचौकीमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई दीर्घकालिन सेवा सम्मानबाट सम्मानित गरेको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सेवामा रही स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान बापत कार्यालयले दुई जनालाई नगद सहित सम्मान गरेको हो ।
आँबुखैरेनी स्वास्थ्य चौकीमा कार्यरत बागमती थापा र छिम्केश्वरी स्वास्थ्य चौकीमा कार्यरत कल्पना गुरुङलाई जनही २० हजार सहित कदरपत्रले सम्मानित गरेको छ । आँबुखैरेनीमा बुधबार आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारी, आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल लगायतले उनीहरुलाई सम्मान गरे ।