दमौली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको शिविरमा ३४ सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ । दुई दिने शिविरको पहिलो दिन ३४ कुकुरको बन्ध्याकरण गरिनुका साथै रेबिज विरुद्धको खोप लगाइएको छ । शिविर शनिबार पनि सञ्चालन गरिनेछ ।
सन् २०३० सम्म कुकुरको टोकाइले हुने रेबिज रोगबाट मानिसको मृत्यु शुन्य पार्ने लक्ष्य सहित शिविर आयोजना गरिएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए ।
शहरी क्षेत्रमा सामुदायिक कुकुरको सङ्ख्या बढ्न थालेपछि केन्द्रले बेला-बेलामा बन्ध्याकरण शिविर आयोजना गर्दै आएको छ ।