दुलेगाैडा । मलेसियाका लागि नेपालका राजदूत डिल्लीराज पौडेलले दुई देशबीचको कुटनीतिक सम्बन्ध उचाईमा पु¥याउन पहल गर्ने बताएका छन् । शुक्लागण्डकी नगर उद्योग वाणिज्य सङ्घले आइतबार खैरेनीटारमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पौडेलले नेपाल र मलेसिया सरकारको पुरानो कुटनीतिक सम्बन्धलाई थप उचाईमा पु¥याउन आफ्नो तर्फबाट पहल हुने बताए ।
पौडेलले मलेसियामा कार्यरत नेपाली श्रमिकको समस्या समाधानका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “नेपाली श्रमिक ठगिने, लुटिने समस्यालाई कुटनीतिक तवरबाट समाधान गर्नेछु । श्रम क्षेत्रमा भएका विकृति, विसङ्गति अन्त्य गर्ने मुख्य प्राथमिकता हो ।”
पौडेलले नेपालका घरेलु उत्पादनलाई मलेसियाको बजारसम्म पुर्याउने बताए । “शुक्लागण्डकीका व्यवसायीले उत्पादन गरेका सामग्री मलेसियाको बजारसम्म कसरी लैजान सकिन्छ, त्यसतर्फ मेरो पहल हुनेछ,” उनले भने ।
कार्यक्रममा सङ्घका अध्यक्ष विमलप्रसाद रिमाल, उपाध्यक्ष सुजित हिराचन, महासचिव उपेन्द्र तिमिल्सिना, संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनेतर्फ भूमिका खेल्न आग्रह गरे ।