व्यासको कार्यपालिकामा आठ निर्विरोध निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासको कार्यपालिकामा आठ निर्विरोध निर्वाचित

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०७९, सोमबार

    दमौली । व्यास नगरपालिकाको कार्यपालिका सदस्यमा आठ जना निर्विरोध निर्वाचित भएका छन् । जेठ २१ गते उम्मेदवारी दर्ता गरेका आठै जना निर्विरोध निर्वाचित भएका हुन् ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार सबै उम्मेदवार निर्विरोध निर्वाचित भएको जनाएको छ । नेपाली कांग्रेसबाट सात र नेकपा एकीकृत समाजवादीबाट एक जना सदस्य निर्वाचित भएका छन्।