दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले अनावश्यक दुख दिने गरेको सर्वसाधारणले गुनासो गरेका छन् । बन्दीपुरका प्रेम लामाले ट्राफिक प्रहरीले ज्यादती र दादागिरी देखाउने गरेको गुनासो गरेका हुन् ।
आफ्नै निजी सवारीमा परिवार सहित आउने क्रममा ट्राफिकले नियम उल्लङ्घन गरेको भन्दै जरिवाना गरेको लामाले बताए । ‘कानून भन्दा माथि गएर चुरीफुरी देखाउने ट्राफिकलाई पनि कारवाही हुनुपर्छ,’ उनले भनेका छन् ।
‘पॉच सिट भएको गाडीमा चार जना आफ्नै परिवार लिएर हिँड्दा पनि जरिवाना काट्नुपर्ने कस्तो नियम हो,’ उनले भनेका छन् ।