यी हुन् एन्फामा निर्वाचित चार उपाध्यक्ष, तनहुँका रत्न पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    यी हुन् एन्फामा निर्वाचित चार उपाध्यक्ष, तनहुँका रत्न पराजित

    खबरपुञ्ज संवाददाता

    ५ असार २०७९, सोमबार

    काठमाडाै । अखिल नेपाल फुटबल संघ (एन्फा) को चार उपाध्यक्ष पदमा दावा लामा, दीपक खतिवडा, विराटजंग शाही र दीर्घबहादुर केसी निर्वाचित भएका छन्। 

    सोमबार भएको निर्वाचनमा ८४ भोट खसेकोमा लामाले ४८ भोट ल्याए भने खतिवडा र शाहीले ४७-४७ मत प्राप्त गरे। केसी ४३ मत ल्याएर विजयी भए।

    उपाध्यक्षमा उम्मेदवारी दिएका सुन्दर नरसिंह जोशीले ४१ मत प्राप्त गर्दा पराजित भए।

    उपेन्द्रमान सिंहले र विज्ञानराज शर्माले ३७-३७ मत ल्याउदा परजित भए। यस्तै उपाध्यक्षमा सबैभन्दा कम मत ल्याएका रत्नकुमार श्रेष्ठले ३६ मत मात प्राप्त गरे।

    यसअघि अध्यक्षमा पंकजब्रिकम नेम्बाङ ४५ मत ल्याएर विजयी भएका थिए। अध्यक्षमा पराजित भएका कर्माछिरिङ शेर्पाले ३९ मत प्राप्त गरेका थिए।

    उपाध्यक्षमा विजयी भएका लामा, खतिवडा र शाही नेम्बाङ प्यानलका हुन्। केसी भने शेर्पा प्यानलका हुन्। नेम्बाङ प्यानलका सुन्दर नरसिंह जोशी पराजित भए।

    यता वरिष्ठ उपाध्यक्षमा पनि नेम्बाङ प्यानलका वीरबहादुर खड्का विजयी हुँदा शेर्पा प्यानलका शिक्षित पराजुली पराजित भए।