तनहुँमा ओलम्पिक दिवस मनाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँमा ओलम्पिक दिवस मनाइने

    खबरपुञ्ज संवाददाता

    ६ असार २०७९, मंगलवार

    दमौली । अन्तराष्ट्रिय ओलम्पिक दिवस तनहुँमा पनि विविध कार्यक्रम आयोजना गरेर मनाइने भएको छ । प्रमुख जिल्ला अधिकारी  विश्व प्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले विविध कार्यक्रमको आयोजना गरेर  दिवस मनाउने निर्णय गरेको हो । 

    दिवसको अवसरमा विद्यालय स्तरीय  निवन्धन प्रतियोगिता, मन्टेश्वरी विद्यालयमा खेलकुद कार्यक्रम गर्ने , दमौली कवर्डहलमा कराते प्रतियोगितामा गर्ने, बास्केटल प्रतियोगिता र टेवलटेनिस प्रतियोगिता कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ ।

     त्यस्तै असार ९ गते दमौली खुल्लामैदानमा  मैत्रीपुर्ण भलिवल  खेल आयोजना गर्ने निर्णय भएको  नेपाल ओलम्पिक कमिटी गण्डकी प्रदेश कोषाध्यक्ष ऋषिराम भुषालले बताए ।  खेलमा ४ टिमको सहभागिता रहने भुषालले बताए ।