दुलेगौँडा ः गण्डकी प्रदेश भलिबल संघको सदस्यमा तनहुँका टुकबहादुर गुरुङ (प्रविण) सर्वसम्मत भएका छन् । शुक्रबार भएको भेलाले गण्डकी प्रदेश भलिबल संघ गठन गरेको हो । राष्ट्रिय भलिबल रेफ्री रहेका गुरुङ तनहुँबाट सदस्य बनेका हुन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ घरेडीका गुरुङ निकै लामो समयदेखी भलिबलका गतिविधीमा क्रियाशिल छन् ।
गण्डकी प्रदेशका ११ वटै जिल्लामा जिल्ला भलिबल संघ गठनपछि शुक्रबार प्रदेश भलिबल संघ गठन गरिएको हा । प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधि सहभागिता भएपनि प्रदेश भलिबलको पदाधिकारमा स्याङजा जिल्लाको बर्चस्व रहेको छ । संघको अध्यक्षमा नविन गुरुङ चयन भएका छन् ।