दमौली । तनहुँ भएर बग्ने सेती, मर्स्याङ्दी र नारायणी नदी केही दिन उल्लेख्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा नजान अनुरोध गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले दमौलीको सेती नदी, विमलनगरको मर्स्याङ्दी र देवघाटको नारायणी नदीमा उल्लेख्य बहाव हुन सक्ने अनुमान गरेको छ ।
आगामी तीन दिनको बाढी पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै महाशाखाले यस्तो जानकारी दिएको हो ।