देशभर मनसुनी वायुको प्रभाव, बाढीपहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशभर मनसुनी वायुको प्रभाव, बाढीपहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह

    खबरपुञ्ज संवाददाता

    १२ असार २०७९, सोमबार

    काठमाडौं । अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो पहाडी भू-भागका धेरै स्थानमा र बाँकी ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ । प्रदेश १ र गण्डकीका केही ठाउँमा भने भारी वर्षाको सम्भावना छ ।

    महाशाखाका अनुसार अबको २४ घण्टासम्म अधिकांश स्थानमा मेघ गर्जन/चट्याङ्गसहित पानी पर्ने सम्भावना छ ।

    प्रदेश १, मधेस प्रदेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरोको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा बाढी आउन सक्ने हुनाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ ।