दमाैली । दमौली अस्पतालमा लामो समयदेखि पानीको अभाव भएकामा डिप बोरिङ मार्फत् पानीको समस्या समाधान गरिएको छ । अस्पतालमा डिप बोरिङबाट पानी सुचारु गरी पानीको समस्या समाधान गरिएको हो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँको सहयोगमा दीर्घकालिन रुपमा पानीको समस्या समाधान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले जानकारी दिए ।
अस्पतालमा पानीको अभाव हुँदा ट्याङ्करबाट पानीको आपूर्ति समेत गरिएको थियो ।