ऑबुखैरेनीका विद्यालयलाई ब्रोडव्याण्ड इन्टरनेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीका विद्यालयलाई ब्रोडव्याण्ड इन्टरनेट

    खबरपुञ्ज संवाददाता

    २२ असार २०७९, बुधबार

    ऑबुखैरेनी । तनहुँको ऑबुखैरेनी गाउँपालिकाले प्राथमिक र निम्न माध्यमिक विद्यालयलाई ब्रोडव्याण्ड इन्टरनेट उपलब्ध गराएको छ।

    गाउँपालिकाले नेपाल दुरसञ्चार प्राधिकरणले उपलब्ध गराएको ब्रोडव्याण्ड इन्टरनेट सामुदायिक विद्यालयलाई हस्तान्तरण गरेको हो ।

    विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्धेश्य सहित इन्टरनेट उपकरण हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।उनका अनुसार २९ वटा विद्यालयलाई उक्त उपकरण सहयोग गरिएको छ ।

    डिजिटल नेपाल अभियान अन्तर्गत सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा पुर्याउने सरकारको योजना रहेको छ । स्थानीय तहहरुको समन्वयमा ब्रोडब्याण्ड इन्टनेट सेवा गाउँस्तरमा पुर्याई सामुदायिक विद्यालयलाई डिजिटलमैत्री बनाउने अभियान अघि बढाइएको प्राधिकरणले जनाएको छ ।