प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्डमा तनहुँकी विनिता र प्रेमलाई रजत पदक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्डमा तनहुँकी विनिता र प्रेमलाई रजत पदक

    खबरपुञ्ज संवाददाता

    २३ असार २०७९, बिहीबार

    पाेखरा । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा तनहुँकी विनिता सार्कीले रजत पदक जितेकी छन् ।

    पोखरामा बिहीबारदेखि सुरु प्रदेशस्तरीय रनिङशिल्ड प्रतियोगिताको छात्रातर्फ ८०० मिटर दौडमा सार्कीले रजत पदक जितेकी हुन् । उनले उक्त दूरी दुई मिनेट ५२ सेकेण्डमा पार गरेकी थिइन् ।

    स्याङ्जाकी जानकी खरालले दुई मिनेट ४१ सेकेण्डमा उक्त दूरी पार गर्दै स्वर्ण पदक जितिन् । बागलुङकी गङ्गा सुनारले दुई मिनेटमा ५६ सेकेण्डमा उक्त दूरी पार गर्दै कास्य पदक जितिन् ।

    यस्तै एक सय मिटर दौड छात्रतर्फ तनहुँका प्रेमबहादुर थापाले रजत पदक जितेका छन् । उनले १२.०३ सेकेण्डमा दौड पूरा गरी रजत पदक जितेका हुन् ।