दमौली । लायन्स क्लव अफ तनहुँ र लियो क्लव अफ तनहुँको आयोजनामा ऋषिङ गाउँपालिका-१ स्थित शुक्ला माध्यमिक विद्यालयमा ऑखा शिविर सञ्चालन गरिएको छ ।
शिविरबाट ३ सय ९६ विद्यार्थी लाभान्वित भएका छन् । शिविरमा परीक्षण गरिएका मध्ये १४ जनाको ऑखाको भिजनमा समस्या देखिएकाले हिमालय ऑखा अस्पतालमा निशुल्क उपचारका लागि रिफर गरिएको लायन्स क्लवका अध्यक्ष राजु दाहालले जानकारी दिए ।
शिविरमा नेत्र सहायक तस्वीरन मियॉले प्राविधिक सहयोग गरेकी थिइन् ।