दमाैली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला आउँदैछन् । पौडेल बुधबार बिहान गृहजिल्ला आउन लागेका हुन् ।
पौडेलले भानुजयन्तीको अवसरमा भानु नगरपालिका–१ भन्सारमा आयोजित भानु कप फुटबल प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
जिल्लामा रहँदा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।