ऋषिङले करारका कर्मचारीको सम्झौता नवीकरण नगर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङले करारका कर्मचारीको सम्झौता नवीकरण नगर्ने

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०७९, शनिबार

    दमौली । तनहुँको ऋषिङ गाउँपालिकाले करारका कर्मचारीको सम्झौता नवीकरण नगर्ने भएको छ । गाउँपालिका अन्तरगत विभिन्न शाखा, उपशाखा तथा वडा कार्यालयमा कार्यरत कर्मचारीको सम्झौता नवीकरण नहुने गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाकाे आन्तरिक आयस्राेत कम रहेकाे तथा दरबन्दी नभएका कारण २०७९ साउन १ गतेबाट समाप्त हुने करार सम्झाैता दरबन्दी नभएका कर्मचारीहरुकाे नवीकरण नहुने तथा अन्यकाे करार सम्झाैता नवीकरण नभएसम्म कार्यालयमा हाजिर नहुन निर्देशन दिइएकाे प्रमुख प्रशासकीय अधिकृत टिकाबहादुर गाेदारले जानकारी दिए ।