दमाैली । दमौली स्थित सत्यवती माविले शिक्षकहरुको क्षमता अभिवृद्धि गर्दै गराउन सुरु गरेकाे छ । विगतमा आफ्ना विद्यालयमा कार्यरत शिक्षकको मात्रै क्षमता अभिवृद्धि गर्दै आएकामा हाल तनहुँका अन्य विद्यालयका शिक्षकको समेत क्षमता अभिवृद्धि गरेको हो ।
यस क्रममा विद्यालयले शनिबार शिक्षकलाई क्षमता अभिवृद्धि तथा परिवर्तित पाठ्यक्रम, पाठ्य पुस्तक र विशिष्ठीकरण तालिका आदिका बारेमा शिक्षकलाई प्रशिक्षण समेत दिईएको छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सत्यवतीको सरह अन्य विद्यालयले शिक्षा प्रदान गर्न सक्नुपर्ने बताए ।
वडाध्यक्ष काशीराम श्रेष्ठले यस्ता कार्यक्रमले शिक्षकहरूबीच सम्बन्ध र सहकार्य विकास गरी शिक्षण सिकाइमा सुधार ल्याउन मद्धत पुग्ने विश्वास व्यक्त गरे।
शिक्षकलाई गण्डकी प्रदेश शिक्षा निर्देशक अम्बिका आचार्य, शिक्षा विभाग उपसचिव डा. गणेशप्रसाद भट्टराई लगायतले प्रशिक्षण दिएका थिए ।
पाठ्यक्रम समय समयमा परिवर्तन हुने र सोही अनुसार शिक्षक पनि परिवर्तन हुन जरुरी रहेकाले प्रशिक्षण सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङले बताए । गुणस्तरीय शिक्षाका लागि शिक्षक योग्य, सक्षम, शैक्षणिक कलाकौशलले निपुण हुनु जरूरी भएकोले प्रशिक्षणको आयोजना गरिएकोे उनकाे भनाई छ ।
व्यास नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख नवीवन पराजुलीले व्यास नगरपालिकाले गर्नुपर्ने कार्य सत्यवतीले गरेको भन्दै प्रशंसा गरे ।