कमलाबारीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना : चालक र सहचालक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कमलाबारीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना : चालक र सहचालक घाइते

    खबरपुञ्ज संवाददाता

    ३२ असार २०७९, आईतवार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।

    डुम्रेबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ४४९ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट ९० मिटर तल खस्दा दुई जना घाइते भएका हुन् ।

    घाइते हुनेमा चालक स्याङ्जा गल्याङ नगरपालिका–११ बस्ने बर्ष ५५ को बेन बहादुर सोमै र सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय पुरनबहादुर थापा रहेको प्रहरीले जनाएको छ । दुवैको अवस्था सामान्य रहेको छ ।