तनहुँको बरादीमा प्रभु बैंकको शाखा विस्तार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँको बरादीमा प्रभु बैंकको शाखा विस्तार

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०७९, बुधबार

    दमौली । प्रभु बैंक लिमिटेडले तनहुँको ऑबुखैरेनी गाउँपालिका-१ बरादीमा शाखा विस्तार गरेको छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले बुधबारदेखि बरादीमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

    शाखाको प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ति शेरचनले उद्धान गरिन् । बैंकिङ पहुँच नपुगेका ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गर्ने बैंकको नीति रहेको उनले बताइन् ।

    बरादी शाखाबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने जनाइएको छ । साथै स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्रणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा शाखाले भूमिका खेल्ने बैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले जानकारी दिए ।