दमौली । नेपाल प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष ओमकार आचार्यले केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन शुक्रबारदेखि हेटौडामा सुरु हुँदैछ ।
आचार्यले गण्डकी प्रदेशबाट उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
व्यावसायिक पत्रकारिता सहितको सुदृढ र संस्थागत प्रेस युनियनका लागि आफ्नो उम्मेदवारी रहने आचार्यले बताए । ‘सबैको सहयोग मलाई रहनेमा ढुक्क छु,’उनले भने ।
आचार्य नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष समेत हुन्।