भानुमा एक वर्षमा खाना खाजामा मात्रै ९४ लाख ७० हजार खर्च
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा एक वर्षमा खाना खाजामा मात्रै ९४ लाख ७० हजार खर्च

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०७९, सोमबार

    दमाैली । तनहुँको भानु नगरपालिकाले एक वर्षको अवधिमा मात्रै खाना खाजामा ९४ लाख ७० हजार खर्च गरेको छ । आर्थिक वर्ष ०७७/७८ मा खाना खाजा लगायतमा नगरपालिकाले ९४ लाख ७० हजार खर्च गरेको भेटिएको हो ।

    महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा उल्लेख भए अनुसार विविध शीर्षकबाट उक्त खर्च गरेको र खर्चका प्रमाण हेर्दा बिल मात्र आएको देखिने तर प्रयोजन खुलेको छैन । महालेखा परीक्षकको कार्यालयले यस्तो प्रवृत्तिमा नियन्त्रण गरी खर्चमा मितव्ययिता कायम गर्न सुझाव दिएको छ । कार्यालयका अनुसार विविध शीर्षकबाट अन्य कार्यक्रमहरु समेत सञ्चालन भएकाले ठूलो रकम विविध शीर्षकबाट खर्च भएको छ ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ ।