पोखरा । सोमवार राति कास्की र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ । सो क्षेत्रमा मंगलवार बिहानसम्मै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, घलेखर्क बर्षा मापन केन्द्र, कास्कि र आसपास भारी बर्षा मापन भएको छ ।
विभागले घलेखर्क, पुरनचौर, भुर्जुङ खोला र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भन्दै मंगलवार बिहानसम्म नै सतर्कता अपनाउन सोमवार राति सूचना जारी गरेको छ ।