तनहुँमा गठेमङ्गल पर्व मनाइयाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा गठेमङ्गल पर्व मनाइयाे

    खबरपुञ्ज संवाददाता

    ९ श्रावण २०७९, मंगलवार

    दमाैली । तनहुँमा पनि नेवार समुदायले गठेमङ्गल पर्व मनाएका छन् । जिल्लाकाे सदरमुकाम दमाैली, थर्पु लगायत जिल्लाभर मङ्गलबार गठेमङ्गल (घण्टाकर्ण) पर्व मनाइएकाे हाे ।

    कानमा घण्टा झुन्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ । यस पर्वअन्तर्गत नगरका टोलटोल तथा गाउँका चौबाटो, तीनदोबाटो र दोबाटोमा छ्वाली र पराल तथा नर्कटले बनाइएका आकृतिलाई जलाइन्छ त कतै खोलामा सेलाइन्छ । 

    नेपालभाषी समुदायमा बढी महत्त्वको यो पर्वलाई ठाउँअनुसार फरक फरक नाम दिइएको छ । बिहानै चोकचोकमा प्रतिकात्मक भूतका रुपमा बेतबाँसका गथांमुगः बनाएर राखिएका छन् । ती गथांमुगःहरुलाई बेलुका घरघरबाट विशेष तान्त्रिक विधिबाट पूजापछि घिसार्दै नजिकका खोला र नदीहरुका बगाइदिने गरिन्छ । 

    आजकै दिन आफ्ना घरमा भूतप्रेतहरुले प्रवेश नगरोस् भनी फलामका किला काँटा लगायत प्याकिङ्ग भनिने विशेष प्रकारको काँटी टाँग्ने गरिन्छ । वर्षायामको खेतीपातीपछि आजकै दिनबाट केही समय फुर्सद निकालेर नेवाः समुदायमा सांस्कृतिक गतिविधि सुरु गरिन्छ ।