चितवन । चितवनको माडी क्षेत्रमा भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको सूचनामा चितवनको माडी क्षेत्रको छरछरे, कल्याणपुर, बनकट्टा, गोविन्दबसेती र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको जनाएको छ।
भारी वर्षा भएका कारण सो क्षेत्र भइ बहने रिउखोला र अन्य खहरेखोलमा आकस्मिक बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।