दमौली । जिल्ला समन्वय समिति तनहुँको स्वामित्वमा रहेका सटर, टहरा र जग्गाको भाडा पुनरावलोकन गरिने भएको छ । शुक्रबार सम्पन्न जिल्लासभाले सटर, टहराको भाडा पुनरावलोकन गर्ने निर्णय गरेको हो ।
जिल्ला समन्वय समितिले बजार क्षेत्रमा रहेका सटर र टहरा भाडामा लगाउँदै आएको छ ।
बैठकले आ.व. २०७९/८० का लागि संघीय सरकारबाट प्राप्त बजेट, प्रदेश सरकारबाट प्राप्त हुने अनुमानित बजेट, जिल्ला प्रोफाइल तयार गर्नका लागि आवश्यक प्रबन्ध लगायतका विषयमा निर्णय भएको समन्वय अधिकारी थमनसिं थापाले जानकारी दिए ।