जनताको गुनासो सुन्न पर्यटनमन्त्री श्रेष्ठ पार्टी कार्यालयमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    जनताको गुनासो सुन्न पर्यटनमन्त्री श्रेष्ठ पार्टी कार्यालयमा

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७९, सोमबार

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सर्वसाधारणको आम चासोका समस्या समाधानमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगर पुगेर कार्यकर्ता तथा जनताको गुनासो तथा समस्याबारे जानकारी लिंदै उनले सर्वसाधारणको आम चासोका समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् ।

    मन्त्री श्रेष्ठसँग सर्वसाधारण तथा कार्यकर्ताहरुले व्यक्तिगत काम, स्थानीय समस्या तथा पुर्वाधार सम्वन्धी समस्या समाधानको माग गरेका थिए । करिव दुई घण्टा पार्टी कार्यालय रहेका मन्त्री
    श्रेष्ठले झण्डै एक सय जनाको गुनासो सुनेका थिए । मन्त्री श्रेष्ठले जनताको समस्या समाधानमा आफु केन्द्रित हुने बताए ।

    उनले आफुले कार्यभार सम्हालेको छोटो अवधिमै नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना ल्याइ कार्यन्वयन अघि बढाएको जानकारी दिए । सेवाग्राही जनतालाई छिटो र गुणस्तरीय सेवा प्रवाह गर्न आफु प्रतिवद्ध रहेको उनले बताए । आमनागरिकलाई मन्त्रालयमै गएर गुनासो राख्न असहज रहेको
    अवस्थामा पार्टी कार्यालयमा जनताको गुनासो सुन्ने व्यवस्थाले सेवाग्राहीलाई सजिलो भएको उनकाे भनाइ छ ।

    आफुले लक्ष्य तोकेर अघि बढाएका योजनाहरुको परिणाम केही समयभित्र देखिने र त्यसले मुलुकलाई दीर्घकालीन रुपमा फाइदा हुने उनले बताए । नेता, सांसद र मन्त्रीसम्म पहुँच नभएका
    नागरिकहरुका गुनासो सुन्न र समाधान गर्न पार्टीबाट सरकारमा गएका हरेक मन्त्रीलाई हप्ताको एक दिन पार्टी कार्यालयमा पुगेर गुनासो सुन्ने व्यवस्था गरिएको छ । मन्त्रीको निवास र मन्त्रालयमा
    धाउनुभन्दा पार्टी कार्यालयमै आफ्ना समस्या मन्त्रीसमक्ष राख्न पाउँदा सर्वसाधारण खुसी छन् ।