प्रसिद्ध छाब्दी मन्दिरमा परेवा उडाउन रोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रसिद्ध छाब्दी मन्दिरमा परेवा उडाउन रोक

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०७९, शनिबार

    दमाैली । तनहुँको प्रसिद्ध छाब्दी बाराही विकास कोषले आयातित परेवा उडाउन रोक लगाएको छ । छाब्दी वाराही विकास कोषको हालै बसेको बैठकले मन्दिरमा अनिश्चितकालका लागि परेवा उडाउन रोक लगाउने निर्णय गरेको हो ।

    तराई क्षेत्र वा भारतबाट ल्याइएको परेवाबाट विभिन्न किसिमको रोग फैलिई यहाँका परेवा मरेको र फोहरमैला फैलिएका कारण सरसफाईलाई मध्यनजर गर्दै अनिश्चितकालका लागि परेवा रोक लगाउने निर्णय भएको कोषका अध्यक्ष थानबहादुर थापाले जानकारी दिए ।