छाङपाटनका कुमालकाे अरिङ्गालले टोकेर मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छाङपाटनका कुमालकाे अरिङ्गालले टोकेर मृत्यु

    खबरपुञ्ज संवाददाता

    २७ श्रावण २०७९, शनिबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनमा अरिङ्गालले टोकेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३१ वर्षीय टोपबहादुर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    सिसौको रुखमा रहेको अरिङ्गालको गोला पोल्ने क्रममा बिहीबार राति अरिङ्गालले टोकेर घाइते भएका कुमालको गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए।

    अरिङ्गालले टोकेर घाइते कुमाललाई तत्कालै शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुँदै थप उपचारका लागि पोखरा पठाइएको थियो ।