नेकपा माओवादी केन्द्रको कोषाध्यक्षमा तनहुँका ढकाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा माओवादी केन्द्रको कोषाध्यक्षमा तनहुँका ढकाल

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७९, शनिबार

    दमौली । नेकपा माओवादी केन्द्रको कोषाध्यक्षमा तनहुँका श्रीराम ढकाल चयन भएका छन् । माओवादी केन्द्रको शनिबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढकाललाई कोषाध्यक्षमा प्रस्ताव गरेका हुन् । उनी पोलिटव्युरो सदस्य थिए ।

    यस्तै माओवादी केन्द्रको महासचिवमा देव गुरुङ चयन भएका छन् ।

    वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर प्रस्ताव भएका छन् । त्यस्तै, उपमहासचिवमा गिरीराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत प्रस्ताव भएका छन् ।

    त्यस्तै, सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की छन् ।

    यस्तो बन्यो माओवादी केन्द्रको पदाधिकारी टिम

    अध्यक्ष

    पुष्पकमल दाहाल ‘प्रचण्ड’

    वरिष्ठ उपाध्यक्ष

    नारायणकाजी श्रेष्ठ

    उपाध्यक्ष

    कृष्णबहादुर महरा

    महासचिव

    देव गुरुङ

    उपमहासचिव

    हरिबोल गजुरेल

    वर्षमान पुन

    पम्फा भुसाल

    जनार्दन शर्मा

    गिरिराजमणि पोखरेल

    शक्ति बस्नेत

    मात्रिका यादव

    सचिव 

    दिनानाथ शर्मा

    चक्रपाणी खनाल,

    देवेन्द्र पौडेल

    लिलामणि पोखरेल

    गणेश शाह

    हितमान शाक्य

    हितराज पाण्डे

    डिलाराम आचार्य

    राम कार्की

    कोषाध्यक्ष

    श्रीराम ढकाल प्रशान्त