दमौली । भोलि भदौ ७ गते नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायत चार पार्टीले नेपाल बन्द गर्ने भएका छन् ।
नेकपा पार्टीलाई लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाई लगायतका माग राखी नेपाल बन्द आयोजना गरिएको नेकपा तनहुँका इन्चार्ज पूर्णजित पुन उभारले जानकारी दिए ।