पाेखरा । गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले सुरक्षा निकायलाई ड्रोन सहयोग गरेको छ । मन्त्रालयले गण्डकी प्रदेशका चार सुरक्षा निकायलाई ड्रोन सहयोग गरेको हो ।
आगामी निर्वाचनको सुरक्षा जोखिम पहिचान, विपद्का बेला खोजी कार्य तथा अनुसन्धानमा सहयोग पु¥याउने उद्देश्यले मन्त्रालयले ड्रोन सहयोग गरेको हो ।
आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्माले नेपाली सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रदेश प्रमुखहरुलाई उक्त ड्रोन हस्तान्तरण गरेका थिए ।
मन्त्री विश्वकर्माले ड्रोन क्यामराको सहयोगमा विपद्का बेला मानिस जान नसक्ने ठाउँमा खोजी कार्य गर्न सहयोग पुग्ने बताए । निर्वाचन केन्द्रित सुरक्षा योजना निर्माणका लागि पनि ड्रोनको सहयोग लिन सकिने उनको भनाई छ ।