पोखरा । अधिकांश सरकारी कार्यालयमा फाइल बोकेर शाखा शाखामा ढोका ढक्ढक्याउदै ओहोरदोहोर गर्नुपर्ने सास्तीले सेवाग्राही हैरान छन् । काम बन्ने आश्वासनमा कार्यालयमा सेवाग्राहीले छाडेको फाइल कर्मचारीको हेलचक््रयाइँले गायब हुन्छ ।
फेरि, नयाँ फाइल बोकेर कार्यालय धाउनुुपर्दा सरकारीले कार्यालयको सेवा सेवाग्राहीमैत्री नभएको यत्रतत्र गुुनासो सुनिन्छ । यिनै सास्तीलाई हटाउँदै सेवाग्राहीलाई सहज तवरले सेवा प्रवाह गर्न भौगोलिक रुपमा देशकै ठूलो महानगरपालिका पोखरा महानगरले एकद्वार प्रणालीको सुरुआत गरेको छ ।
शुक्रबारदेखि महानगरले एकद्वार प्रणाली सुरुआत गरेको हो । एकद्वार प्रणालीले फाइल बोकेर हरेक शाखामा धाउनुुपर्ने सेवाग्राहीको बाध्यता अन्त्य गर्ने महानगर प्रमुख धनराज आचार्यको दाबी छ । उनका अनुसार सेवाग्राहीको फाइल बोक्न पाँच जना कर्मचारी खटाउनेछ ।
महानगरको पहिलो तलामा महानगर प्रमुखको सचिवालय, उपप्रमुखको सचिवालय, प्रमुख प्रशासकीय प्रमुखेदेखी बैंकको काउण्टर, राजस्व, पुर्वाधार, पञ्जीकरण, घरनक्सा लगायतका ११ काउन्टर छन् । तिनै काउन्टरमा सेवाग्राहीले फाइल बुुझाएपछि कर्मचारीले सम्बिन्धत शाखामा पुु¥याई काम सम्पन्न गराएर ल्याउने उनले बताए ।
‘काउन्टरमा आएपछि फाइल बुझ्ने टिम छ । उहाँहरुले सबै फाइल हेर्नुहुन्छ । सबै फाइल हेरेर नपुगेको छ भने त्यहीनेर थपेर ल्याउनुस भन्नुहुन्छ,’ आचार्यले भने, ‘आज नहुने काम छ भने कहिले हुन्छ यति दिनपछि आउनुस भन्नुहुन्छ ।’
सेवाग्राहीलाई कम झन्झटमा महानगरमा काम होस् भन्ने उद्देश्यले एकद्वार प्रणाली लागू गरिएको प्रमुख आचार्यको भनाइ छ । ‘पुरानो भवनमा रहेको महानगरको कार्यालयमा एकैपटक सेवाग्रही भित्र पस्दा कार्यसम्पादनमा समस्या भएकाले चुस्त दुरुस्त काम गर्नलाई एकद्वार प्रणालीको थालनी भएको हो,’ उनले भने ।
महानगरले जनताको गुनासो सुन्न ‘हेलो मेयर’ कार्यक्रम पनि शुक्रबारबाटै औपचारिक सुरु भएको छ । प्रमुख आचार्यले आफ्नो घोषणा पत्रमै एक महिनाभित्र हेलो मेयर कार्यक्रम ल्याउने उल्लेख गरेका थिए ।
महानगरले प्रवाह गर्ने सेवासम्बन्धि कुनै गुनासो भएमा ११८१ मा फोन गरेर टिपाउन सक्नेछन् । यो नम्बरमा फोन लाग्दा शुल्क नलाग्ने महानगर प्रमुख आचार्यले उल्लेख गरे । बिहान साढे ९ बजेदेखि साँझ बजेसम्म टोल फ्रि नम्बरमा फोन गरेर जनताले गुनासो राख्न सक्ने उनले बताए । गुनासो धेरै आएमा समयावधि बढाउने उनको भनाइ छ । ‘कार्यालयसँग सम्बन्धित समस्या टेलिफोनमा टिपाएपछि सम्बन्धित शाखामा लगरे समाधान गरिनेछ,’ उनले भने ।
एकद्धार प्रणाली काउण्टर अन्तर्गत स्थापान गरिएको प्रमुखको सचिवालयमा ‘हेलो मेयर’ कार्यक्रमको थालनी गरिएको हो । प्रमुखलाई भेटघाट गर्नलाई महानगरबासीले यही कक्षमा दिनको एक घण्टा समय पाउनेछन् । पोखरामै भएको बेला महानगर प्रमुख आचार्य दिनको २ देखि ३ बजेसम्म भेटघाटका लागि समय तोकिएको छ ।