दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ-१ को प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले आइतबारदेखि मंगलबारसम्म आंकाक्षी उम्मेदवारको नामावली संकलन गर्ने कार्यतालिका बनाएकामा भट्टराईले उम्मेदवारी दर्ता गरेका हुन् ।
भट्टराईले क्षेत्रीय कार्यालयको सचिवालयमा आइतबार प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष) का लागि उम्मेदवारी दर्ता गराएका छन् ।
केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार तनहुँमा प्रतिनिधि सभा र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकका आकांक्षी उम्मेदवारको नामावली संकलन गरिने जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।
क्षेत्रीय समिति र प्रदेश सभा समितिमा दर्ता भएका उम्मेदवारको नामावली जिल्ला समितिमा पठाइनेछ ।