दमौली । नेकपा (एकीकृत समाजवादी) पार्टी तनहुँको अध्यक्षमा श्रीराम कार्की चयन भएका छन् । सो पार्टीको आइतबार सम्पन्न विस्तारित बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।
कार्की उक्त पार्टीको सचिव थिए । बैठकले सचिवको जिम्मेवारी दुर्गाकुमार श्रेष्ठलाई दिएको छ । त्यस्तै उपसचिवमा गजेन्द्र पन्त चयन भएका छन् ।
अध्यक्षमा चयन भएपछि कार्कीले जनताको ईमानदार सेवक बनेर स्पष्ट विचार र दृष्टिकोण सहित जनताको समृद्धि र समाजवादको बाटोमा निरन्तर अगाडि बढ्ने बताए ।