दमौली । नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको पेशी भदौ १५ लाई तोकिएको छ । तनहुँ अदालतमा भदौ १५ गतेका लागि शाहको पेशी तोकिएको हो ।
भदौ ८ गते नवलपुर अदालतमा पेशी तोकिएकामा स्थगित भएको थियो । नवलपुरमा शाहको पेशी भदौ २१ लाई सरेको छ ।
नावालिकमाथि जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए।
शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएपनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो ।