वरिष्ठ नेता पौडेलद्वारा तनहुँ–१ बाट उम्मेदवार बन्न आवेदन दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    वरिष्ठ नेता पौडेलद्वारा तनहुँ–१ बाट उम्मेदवार बन्न आवेदन दर्ता

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७९, सोमबार

    दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्न पार्टीभित्र आवेदन दर्ता गराएका छन् । आकाङ्क्षी उम्मेदवारका लागि आवेदन खुला गरिएकामा वरिष्ठ नेता पौडेलले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि आवेदन दर्ता गराएका हुन् ।

    वरिष्ठ नेता पौडेलले भतिज उद्धव पौडेलमार्फत् नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमितिको कार्यालयमा आवेदन दर्ता गराएका हुन् । सुशासन, पारदर्शीता र गाउँको विकासलाई प्राथमिकता दिन आफू उम्मेदवार बन्न इच्छुक रहेको उल्लेख गरेका छन् ।

    नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेको पाँच दलीय गठबन्धनका संयोजक समेत रहेका पौडेल २०७४ सालको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट पराजित भएका थिए । केही समय अगाडी गृहजिल्ला आउँदा पौडेलले आफू क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने बताएका थिए ।

    तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभाका लागि साेमबारसम्म केन्द्रीय सदस्य गोविन्द भट्टराई र संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले आवेदन दर्ता गराएको काङ्ग्रेस क्षेत्रीय सचिव दयानिधी नरालले जानकारी दिए ।