सर्ब प्रथम जन्म दिनको दिनमा पुजनीय पिता माता मा प्रणाम । जीवन संगिनी जसले यो जन्मको हरेक दुख सुखमा साथ दिने प्रण गरेकी छिन् तिनलाई धेरै माया, छोरा छोरी जसले परिबारको पूर्णता दिएका छन् तिनलाई पनि माया, जिन्दगीका उकाली ओरालीमा साथ दिनु हुने आफन्त इस्टमित्र हरु प्रति नमन, बाल सखी हरु, जिन्दगीका विभिन्न मोडहरुमा भेटिएका साथीहरु, स्वदेश र बिदेशमा भेटिनु भएका कर्म योद्दा साथीहरु सबैमा धन्यवाद, जिन्दगीको यो पल सम्म आइपुग्दा यहारुको समसाथ, मार्ग निर्देश गर्नु हुने सम्पूर्ण जीवन र जगत बुझाउने गुरुहरु सबैमा नमन, जिन्दगी यात्रा हो गन्तब्य होइन आज बाट ४० मा पाहिला टेकेको अवस्था, शुभकामना सन्देशका लागि हार्दिक आभार ।
चाहानाको त्यान्द्रो भित्र जिन्दगी को कथा बुनेर,असिम सपना र इच्छाहरुसँग लुकामारी खेल्दा खेल्दै जीवन बिलाएको पत्तो सम्म नि नहुँदो रहेछ । आफू २०/२२को छदा ४० का अङ्कलहरु बुढा हुन् जस्तो लाग्थ्यो, आज आफै चालिस टेकियो तर खासै त्यस्तो होइन रहेछ । जसै उमेर बढ्दै जान्छ, रहरका स्वरुप पनि फेरिनेरछन् , जसै रहरका स्वरुप फेरिँदै जान्छन् अप्ठ्याराहरु पनि थपिँदै जान्छन् । जसै अप्ठाराहरु थपिँदै जान्छन्, जिम्मेवारी बढ्दै जान्छ । यहि त होला असली जिन्दगी, यस्तै भोगिदै छ । ४० टेक्दा मनले भन्छ ” यि मेरा सपनाहरु नै गगनचुम्बी हुन् या म भुईँमान्छे भएर त्यस्तो देखिएको हो ।
समयले मान्छेलाई एउटा मोडमा लगेर छोडिदिन्छ त्यसपछिको यात्रा व्यक्ति स्वयंले आफ्नै बल , बुद्धि, बिवेक, विचारको बर्कतमा गर्नुपर्छ भन्ने मैले बुझेको छु। मनको खुशी ठूलो रहेछ रहर त सबैको कँहा पूरा हुन्छ र सपना र संघर्ष साथै छन् अरु सब तपसिलका कुरा । उमेरले ४ काटे पछि तनहुँको स्याम्घा गाउबाट दमौली बसाई सरेको भन्नुहुन्छ बुवा आमा, मलाइ जन्म गाउँमा बिताएको कुनै पलको पनि सम्झना छैन । दमौलीमा हजुरबा ज्ञानेश्वर पौडेलले बनाएको घरमा बिताएको पलको सम्झना आउछ, सगोलको घर पछि छोडेर म र मेरा परिवारले कति सङ्घर्ष गर्यौ त्यो कि त् हाम्रो परिवारलाई थाहा छ कि हामीलाई नजिकबाट चिन्नेलाई । बलेको आगो ताप्ने समाज अनि इस्टमित्रको भिडमा भलै जेनतेन जीवन चल्दै गयो, आजको दिनमा आइपुग्दा म कहिले कही सोच्ने गर्छु “दुखको भुमरिमा त म एक्लै थिएँ आज खुसीकाे बर्षात हुँदा अकस्मात् कहाँबाट आयो यो भिँड ?”, अनि आफै लाइ भन्ने गर्छु “छोडिदेउ बितेका कुरा,आउने दिनको ख्याल गर..कोही हुँदैनन बाटो देखाउने आफ्नो भर आफैँ पर । ” भोगाई हो जीवन भोग्नु पर्छ – म झुकेको हाँगो थिएँ कसैले पछारेर हिँडे, कसैले सम्हालेर..सबै लाइ नमन !! लेख्दा लेख्दै म भाबुक भए जस्तो लाग्यो, खैर हिमाल हाँसेकै छ, नदी बगेकै छ । चल्छ जिन्दगी गज्जब चल्छ, ४० टेकिस केटो अब जिन्दगी अझ रम्छ!!
चियर्स
सन्तोष पौडेल
भाद्र १९ दोहा, कतार