मन्त्री श्रेष्ठले थुनाएका सुरक्षागार्ड छुटे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्री श्रेष्ठले थुनाएका सुरक्षागार्ड छुटे

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०७९, सोमबार

    काठमाडाै । संस्‍कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षाकर्मी छुटेका छन्।

    सोमबार साँझ गरूड सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ हिरासतबाट छुटेका हुन्।

    प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उनलाई हिरासतबाट साधारण तारेखमा रिहा गर्न आदेश दिएको जानकारी दिए।

    मन्त्री श्रेष्ठलाई गत शुक्रबार सुरक्षा गार्ड गुरूङले लाइनमा बस्न आग्रह गरेका थिए। सो क्रममा दुर्व्यवहार गरिएको भन्दै पर्यटन मन्त्रालयले उजुरी दिएपछि प्रहरीले सुरक्षा गार्ड गुरूङलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो।

    पर्यटन मन्त्री श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा छाया सेन्टरमा रहेको भिएसएफमा कार्यरत सुरक्षा गार्ड गुरूङलाई पक्राउ गरी दरबारमार्गस्थित प्रहरी वृत्तमा राखिएको थियो।