सन्दीपले क्यानलाई भने– ‘म निर्दोष छु, सीपीएल खेलेर फर्किन्छु’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सन्दीपले क्यानलाई भने– ‘म निर्दोष छु, सीपीएल खेलेर फर्किन्छु’

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडाै । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष भएको बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई उनले आफू निर्दोष भएको र क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेलेर नेपाल फर्कने बताएका हुन् ।

    ‘मैले नै सन्दीपलाई कल गरेको थिए । तिम्रोविरुद्ध उजुरी परेको छ भनेर । सन्दीपले आफूलाई थाहा छ भने । मैले उनलाई के हो भनेर सोध्दा उनले मेरो यसमा कुनै संलग्नता नभएको र निर्दोष  भएको बताए,’ मल्लले भने, ‘मैले सन्दीपलाई मुद्दा परिसक्यो तिमीविरुद्ध भन्दा उनले कानुनी उपचारमा क्यानले सहयोग गरिदिन भने ।’ 

    मल्लले सन्दीपलाई कहिले फर्किन्छौं भन्दा उनले सीपीएल खेलेर फर्किने बताएको जानकारी दिए । ‘मैले तिमी फर्किनुपर्छ भन्दा उनले म सीपीएल सकिएर नै फर्किन्छु भने,’ मल्लले भने । मल्लले यस विषयमा आईसीसी र एसियन क्रिकेट काउन्सिलले पनि चासो देखाएको र उनीहरुलाई आफूले जवाफ दिएर पठाएको बताए ।  ‘आईसीसी र एसीसीले चासो देखाएको थियो । मैले उहाँहरुलाई जवाफ पठाइसकेको छु । बाँकी कुरा अदालतले हेर्ने होला,’ मल्लले भने ।